पोखरा सम्पन्न ड्रागन बोट रेसमा चिनियाँ टोली सिचुवान च्याम्पियन
पाेखरा | असार ९, २०८०
PHOTO: PREM (THAPA)7
पोखरामा: चीनको सिचुवान ड्रागन बोट टिमले फेवातालमा सम्पन्न पहिलो नेपाल– चीनमैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार फेवातालमा भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि जितेको हो ।
प्रतियोगितामा विजेता भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै, प्रतियोगितामा उपविजेता भएको नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले २ र ५ सय मिटर दुवै विधामा उपविजेतासँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो ।
प्रतियोगितामा नेपाल र चीनका ४/४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए ।
प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले पुरस्कार प्राप्त गरेका छन् ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

